शनिवार(आज)एकैदिन पाथीभरामा ५५ सय बढी दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३० । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा चैत महिनाको शनिवार(आज) ५ हजार ५ सय बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार शनिवार(आज)५ हजार ५ सय ७५ जनाले मन्दिरको दर्शन गरेका हुन् । अघिल्लो शनिवार पाथीभरामा ७ हजार १ सय ४६ जनाले मन्दिरको दर्शन गरेका थिए ।

चैत २९ गते सम्ममा ३३ हजार २ सय ७३ जनाले मन्दिरको दर्शन गरेकोमा शनिवार(आज) सम्म गरी चैत महिनाको ३० गते सम्ममा ३८ हजार ८ सय ४८ जनाले मन्दिरको दर्शन गरेका छन् ।

Similar Posts