फक्ताङलुङको कक्षा ८ को नतिजामा सुधार,औसत जिपीएमा समेत बृद्धि,७९ जनाले भने पढाई दोहोर्याउनु पर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका ७९ बिद्यार्थीले कक्षा ८ को पढाईलाई दोहोर्याउनु पर्ने भएको छ । यो गतबर्षको संख्या भन्दा कम हो ।
गाउँपालिकाका सूचना अधिकारी जय रिजालका अनुसार पालिका स्तरीय आधारभूत तह(कक्षा ८)को परीक्षा यसबर्ष अघिल्लो शैक्षिक सत्रको तुलनामा सुधारिएको छ । रिजालका अनुसार यसबर्षको परीक्षामा सहभागी १ सय ९१ जनामध्ये १ सय १२ जना उर्तीण भएका छन् । अघिल्लो शैक्षिक सत्रमा २ सय २९ जनामध्ये १ सय ४१ ज्ना उर्तीण भएका थिए भने ८८ जनाले कक्षा दोहोर्याउनु पर्ने भएको छ । यसबर्षको परीक्षाको नतिजामा जिपीए समेत सुधारिएको छ ।
यसबर्ष ३.२ देखि ३.६ जिपीए ल्याउने बिद्यार्थी धेरै छन् । अघिल्लो बर्ष औसतमा २.८ देखि ३.२ जिपीएसम्म बिद्यार्थीले ल्याएका थिए । यसबर्षको आधारभूत तह (कक्षा ८)को परीक्षामा पालिकाका तीन बिद्यालय क्रमशःसुनदेवी मावि इखाबु,पार्वती मावि तापेथोक र रानी आधारभूत बिद्यालय इखाबुले सतप्रतिशत बिद्यार्थी उर्तीण गराउन सकेका समेत पालिकाले जनाएको छ ।