खोक्लिङमा तीनदिने पुर्नताजकी तालिम सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ चैत १५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा शुक्रवारबाट उद्घोषण तथा भाषणकला सम्बन्धी तीनदिने पुर्नताजकी तालिम सुरु भएको छ ।

मिक्वाखोला गाउँपालिका र पालिकाको वडा नं २ को आर्थिक सहयोगमा सगरमाथा महिला विकास समितिले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गर्दै मिक्वाखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष झरेन्द्रप्रसाद थापाले यसअघि प्राप्त ज्ञान सीपको सवलीकरणका लागि तालिमले ठूलो सहयोग पुऱ्याउने बताउनुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका वडा नं २ का वडा सचिव गुणराज सिग्देलले मानव जीवनमा अति उपयोगी ठानिएको तालिमबाट प्राप्त सीपको उचित उपयोगमा सहभागीले प्रभावकारी ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा आयोजक सगरमाथा महिला विकास समितिका उपाध्यक्ष तारादेवी बस्नेत थापा तथा सचिव बिष्णुमाया राई ९बिपना बियोगी ० ले तालिमको महत्व र आयोजनाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । तालिमको सहजीकरण पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले सहजीकरण गर्नुहुने आयोजक सगरमाथा महिला विकास समितिले जनाएको छ ।

Similar Posts