ताप्लेजुङमा दीप प्रज्ज्वलन गरी मनाइयो प्रजातन्त्र दिवस

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ७ । ताप्लेजुङमा दीप प्रज्ज्वलन गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । दिवसका अवसरमा बुधबार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितिमा दीप प्रज्ज्वलन गरी प्रजातन्त्र दिवस मनाइएको हो । दिवसका अवसरमा बुधबार साँझ जिल्ला प्रशासन कार्यालय परिसरमा दीप प्रज्ज्वलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो ।
नेपालको इतिहासमा वि.सं २००७ फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको हो । उक्त गौरवपूर्ण साथै अविस्मरणीय दिनका रूपमा हरेक वर्ष फागुन ७ गतेका दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ । प्रजातन्त्र दिवसलाई बलिदानीपूर्ण संघर्षबाट स्थापित भएको दिनका रुपमासमेत लिने गरिन्छ ।