लिजामा ताप्लेजुङ: फुङलिङ बाहेक अरु पालिकाको नतिजा सूचीमा देखिन्छ ‘फारम सार्वजनिक नभएको संकेत’

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाइटले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन(लिजा)को सूचीमा ताप्लेजुङको फुङलिङ नगरपालिका बाहेक अरु ८ वटा गाउँपालिकाको फारम सार्वजनिक नभएको संकेत देखाएको छ ।

लिजाको नतिजामा फुङलिङको मात्र नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार फुङलिङ नगरपालिकाले ५९ प्रतिशत अंक पाएको देखिएको छ । फुङलिङ नगरपालिका बाहेक यहाँका ८ वटा गाउँपालिकाको नतिजा सूचीमा ‘फारम सार्वजनिक नभएको’भनेर लेखिएको छ । लिजामा समग्र स्थिति,प्रकृयागत स्थिति र परिमाणात्मक स्थितिका आधारमा नतिजा निर्धारण हुने गरेको देखिएको छ ।

शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा योजना व्यवस्थापन,वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयका आधारलाई सूचकको रुपमा मानेर अंक दिने गरिएको छ ।

Similar Posts