ताप्लेजुङबाट करिव २३ सय बिद्यार्थीले एसईई लेख्दै

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २३ । आउँदो चैत ७ गते हुने माध्यमिक शिक्षा परीक्षा(एसईई)मा ताप्लेजुङबाट करिव दुई हजार तीनसय बिद्यार्थीले परीक्षा लेख्ने भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार २०८१ सालको एसईई परीक्षामा २ हजार २ सय ७२ परीक्षार्थी हुनेछन् । भट्टराईका अनुसार साधारणतर्फ १ हजार ४ सय १५ जना नियमित र ७ सय १० जना ग्रेडबृद्धिका गरी कुल २ हजार १ सय २५ जना परीक्षार्थी हुनेछन् ।
प्राविधिकधारतर्फ १ सय २२ जना नियमित र २५ जना ग्रेडबृद्धिका गरी कुल १ सय ४७ जना परीक्षार्थी हुनेछन् । जिल्ला परीक्षा समन्वय समितिले ताप्लेजुङका लागि १७ वटा केन्द्र हुने निर्णय गरेको छ । गत बर्षको परीक्षामा समेत यहाँ १७ वटा केन्द्र थिए ।