सरकारद्धारा पाथीभरा क्षेत्रको समस्या समाधानका लागि पहल अघि बढाउन संघीय मामिला मन्त्रालयलाई जिम्मेवारी

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १९ । नेपाल सरकारले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केवलकार निर्माणका सम्वन्धमा देखिएको समस्याको आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

गृह मन्त्रालयले केवलकार नियमनको बिषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत पर्ने भएकोले स्थानीय रुपमा उठेका सवाल र सरोकारका बिषय समेतलाई ध्यान दिई सरोकारवालासंग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन भनेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासंग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गर्नु भएको छ ।

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले प्रतिनिधिसभामा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने आफुसहित लिलादेवी बोखिम र उर्मिला थेबेसहित सांसदको गृह मन्त्रालयसंगको निरन्तरको सम्बाद र गृह र संघीय मामिला मन्त्रालयको तदारुकता अघि बढेको जानकारी दिनुभयो ।

Similar Posts