आन्दोलनरत पक्षसंग बार्तागर्न सरकारलाई र बन्दका कार्यक्रम फिर्तालिन आन्दोलित पक्षलाई बाणिज्य संघको आग्रह

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १७ । यातायात बन्दका कार्यक्रमले सर्वसाधारणको जनजीवनमा गम्भिर असर परेको भन्दै ताप्लेजुङ उद्योग बाणिज्य संघले सार्थक बार्ताद्धारा समस्या समाधान गर्न आग्रह गरेको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी बन्दका कार्यक्रमबाट सर्वसाधारणको जनजीवनमा परेको असर बुझिदिन सम्वन्धित सबैपक्षलाई आग्रह गरेको हो । अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बूद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई उच्च स्तरीय बार्ताटोली गठन गरी आन्दोलनरत पक्षसंग जायज मागको सम्बोधन हुनेगरी सार्थक बार्ता गर्न तथा आन्दोलनरत पक्षलाई यतायात बन्दका कार्यक्रम फिर्ता लिई जनजीवन सामान्य बनाउने बिषयमा सहयोग गर्न आग्रह गरिएको छ ।

केवलकार निर्माण गर्न नहुने र केवलकार निर्माण कार्य अघि बढाउने बिषयमा गत माघ १२ गते पाथीभरा क्षेत्रमा भएको झडपपछि उत्पन्न समस्यासंगै आन्दोलनरत पक्षले माघ १५ बाट मेची राजमार्ग,तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालिन यातायात बन्दको आवह्वान गरेका छन् । यातायात बन्द भएसंगै यो क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको भन्दै सम्बादको माध्यमबाट सहमति खोजी जनजीवन सामान्य बनाउन ताप्लेजुङ उद्योग बाणिज्य संघले सम्वन्धित पक्षलाई अनुरोध गरेको हो । विज्ञप्तिमा माघ १२ गतेको घटनामा परी घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ भने घाइते सबैको निःशुल्क उपचारको प्रवन्ध गर्न सरकारसंग माग गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts