बन्दका कारण गन्तव्य पुग्न नसकेका यात्रुलाई सशस्त्र प्रहरी वलले गरिदियो खानपिनको प्रवन्ध
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १७ । यातायात बन्दका कारण आफ्नो गन्तव्य पुग्न नसकेका यात्रुहरुलाई सशस्त्र प्रहरी वल नपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले यात्रु सहयाता कक्षमार्फत खानापानीको व्यवस्था गरेको जनाएको छ ।
सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जनका अनुसार बन्दका कारण समस्यामा परेका बालबालिका सहितका ३९ जनालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को समन्वयमा यात्रु सहयाता कक्षमार्फत खानापानीको व्यवस्था गरिएको हो ।
मर्हजनले आफुहरुले तयार पारेको यात्रु सहयाता कक्षमार्फत यात्रीको स्वास्थ्य परीक्षण समेत गरिएको जानकारी दिनुभयो ।