एचपिभी खोपका लागि ताप्लेजुङमा २ सय २३ केन्द्र,अभियान सफल बनाउन स्वास्थ्य कार्यालयद्धारा सहयोगको याचना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १४ । स्वास्थ्य कार्यालय ताप्लेजुङले पाठेघरको क्यान्सर बिरुद्ध दिइने एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउन सरोकारवाला सबैको सहयोगको अपेक्षा गरेको छ ।

खोप अभियानका बारेमा सरोकारवालाको राय सुझाव संकलन तथा सहयोगको अनुरोधका लागि स्वास्थ्य कार्यालयले सोमवार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले सबैको साथ र सहयोग अनिवार्य रहेको बताउनुभयो । खोप निःशुल्क रहेको र अभियानमा कोहि नछुटुन् भन्ने अभिप्राय रहेको जानकारी दिदैं पौडेलले नजिकको खोपकेन्द्रमार्फत लक्षित उमेर समूहका सबै किशोरीले खोप पाउने व्यवस्थाका लागि आग्रह समेत गर्नु भएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन अधिकृत दिनेश रायका अनुसार ताप्लेजुङमा दुईचरणमा खोप अभियान सञ्चालन हुने छ । माघ २२ गते देखि २६ गते सम्म पहिलो चरणमा फुङलिङ नगरपालिका सहित ४ स्थानीय तहमा सञ्चालन हुने छ । यस्तै दोस्रो चरणमा माघ २८ गते देखि फागुन ३ गते सम्म आठराई त्रिबेणी गाउँपालिका सहित ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने रायले जानकारी दिनुभयो ।

रायका अनुसार पहिलो चरणमा फुङलिङ नगरपालिका सहित पाथीभरा याङवरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणमा आठराई त्रिबेणी गाउँपालिका सहित मैवाखोला गाउँपालिका,मेरिङदेन गाउँपालिका,मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेगरी तयारी तीव्र पारिएको रायले जानकारी दिनुभयो ।

ताप्लेजुङमा दुबै चरणमा गरी करिव ७ हजार १ सय ७८ जना किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालयको तयारी रहेको छ । रायका अनुसार बिद्यालय भित्रका ५ हजार ९ सय ५४ र बिद्याथलय बाहिरका १ हजार १ सय ६४ जनालाई लक्षित संख्याको रुपमा हेरिएको छ । खोप अभियानका लागि १ सय ४० बिद्यालय सहित २ सय २३ वटा खोप केन्द्र हुने भएका छन् । खोप अभियानका क्रममा २ सय २३ जना खोप स्वास्थ्यकर्मी र ४ सय ४६ जना स्वयंसेवक खटिने स्वास्थ्य कार्यालयले बताएको छ । अभियानमा ८१ जना सुपरीवेक्षक खटिनेछन् ।

खोप लगाउने लक्षित संख्यामध्ये फुङलिङमा १ हजार ७ सय ५० जना बिद्यालयमा र ३ सय ४८ जना बिद्यालय रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । यस्तै पाथीभरा याङ्वरकमा ४ सय ४२ जना बिद्यालयमा र ९० जना बिद्यालय बाहिर,सिरिजङ्गामा ६ सय ७८ जना बिद्यालयमा र १ सय ४३ जना बिद्यालय बाहिर तथा सिदिङ्वामा ५ सय ४६ जना बिद्यालयमा र ९५ जना बिद्यालय बाहिर रहेको संख्या हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ ।

लक्षित उमेर समूहका मध्ये फक्ताङलुङ गाउँपालिकामा ५ सय ६० जना बिद्यालयमा र ९२ जना बिद्यालय बाहिर,मिक्वाखोलामा ३ सय ५८ जना बिद्यालयमा र ७६ जना बिद्यालय बाहिर,मेरिङदेनमा ५ सय ३५ जना बिद्यालयमा र १ सय ७ जना बिद्यालय बाहिर,आठराई त्रिबेणीमा ५ सय ३४ जना बिद्यालयमा र १ सय २२ जना बिद्यालय बाहिर तथा मैवाखोलामा ५ सय ५१ जना बिद्यालयमा र ९१ जना बिद्यालय बाहिर रहेको अनुमान स्वास्थ्य कार्यालयले गरेको छ । सोहि अनुसार निश्चित प्रतिशत खोप मात्रा बचत गरी खोप सम्वन्धित केन्द्रहरुमा पठाइने तयारी भइरहेको समेत रायले जानकारी दिनुभयो ।

बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययरत तथा बिद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष भित्रको उमेर समूहका किशोरीलाई एचपिभी बिरुद्धको खोप दिन लागिएको हो । चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस(एचपिभी)का कारण हुन्छ । एचपिभीविरुद्धको खोपले पाठेघर मुखको क्यान्सर,गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीययहरूको क्यान्सरबाट पनि बचाउँने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts