रेविज रोग बिरुद्धको खोप सञ्चालन गर्दै फक्ताङलुङ

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले माघ १३ गते देखि पालिकाका ७ वटा वडाहरुमा रेविज रोग बिरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार घर पालुवा जनावर कुकुर र बिरालोलाई रेविज रोग बिरुद्धको खोप दिइने छ । तेम्बेका अनुसार माघ १३ गते वडा नं १ सावादिनको वडा कार्यालयमा,१४ गते वडा नं २ खेजेनिमको वडा कार्यालयमा र माघ १५ गते वडा नं ३ लिङखिमको वडा कार्यालयमा रेविज बिरुद्धको खोप चलाइने छ ।
माघ १६ गते वडा नं ७ ओलाङचुङगोलाको वडा कार्यालयमा,माघ १८ गते वडा नं ४ इखाबुको वडा कार्यालयमा,माघ १९ गते वडा नं ५ तापेथोकको वडा कार्यालयमा र माघ २० गते वडा नं ६ लेलेपको वडा कार्यालयमा रेविज बिरुद्धको खोप दिइने छ ।