हाईड्रोपावरमा काम गर्ने क्रममा लडी घाइते एक इटालियन नागरिकलाई हेलिकोप्टरद्धारा काठमाडौं पठाइयो

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २७ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित युनाईटेड मेवा हाईड्रोपावर लिमिटेडमा हाइड्रोपावरको सामान लिएर आउने जाने गर्दै आएका अचानक लडेर घाइते एक इटालियन नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उक्त हाईड्रोपावरमा काम गर्ने क्रममा एक्कासी लडी घाइते भएका अन्दाजी ५६ बर्षिय इटालियन नागरिक सर्जियो फेटोजालाई प्रभु एअरको हेलिकोप्टरद्धारा थप उपचारका लागि काठमाडौं पठाईएको हो ।

शुक्रवार घाइते भएका उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेकोमा शनिवार मध्यान्ह हेलिकोप्टरमार्फत काठमाडौंतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार फेटोजाको वाँया हातको नाडिको हड्डि भाचिएको,नाकबाट रगत बगेको,पेटको वाँया भागमा रगत जमेको र मलद्वार छेउको हड्डि भाचिएको अवस्थामा रहेको छ । प्रहरीले फेटोजाकाको राहदानी नम्बर YB२१२५४३७ रहेको बताएको छ ।

Similar Posts