नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा डिचेन डोङ्गलालाई दुई स्मृति प्रतिष्ठानले दिए दुई–दुई बिश्रामलय

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २७ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई यहाँका दुई स्मृति प्रतिष्ठानले दुई–दुईथान सेवाग्राही बिश्रामलय(सोफा)हस्तान्तरण गरेका छन् ।

स्वर्गीय ईञ्जिनियर बिनोद श्रेङचोङवाङ स्मृति प्रतिष्ठान र स्वर्गीय उदयकुमार श्रेष्ठका परिवारजनले दुई–दुई थान बिश्रामलय हस्तान्तरण गर्नु भएको हो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा र नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीलाई श्रेङचोङवाङ स्मृति प्रतिष्ठान र स्वर्गीय उदयकुमार श्रेष्ठका परिवारले शनिवार दुई–दुई थान बिश्रामलय हस्तान्तरण गरेका गर्नु भएको छ । स्वर्गीय ईञ्जिनियर बिनोद श्रेङचोङवाङका बुबा तथा स्मृति प्रतिष्ठानका अध्यक्ष तिलप्रसाद सुब्बा र स्वर्गीय उदयकुमारका छोरा उत्सव तथा बुहारी एनी श्रेष्ठले नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई बिश्रामलय हस्तान्तरण गर्नु भएको छ ।

नेपाल नेत्रज्योति संघले सहयोगी दाता परिवारलाई पुण्य कामका लागि सहयोग गरेको भन्दै आभार सहित कदरपत्र समेत प्रदान गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीले जानकारी दिनुभयो । स्वर्गीय ईञ्जिनियर बिनोद श्रेङचोङवाङ स्मृति प्रतिष्ठानले चौथो स्मृति दिवसमा सप्ताहव्यापी सामाजिक कार्य गर्दै आइरहेको छ । कार्यक्रममार्फत नेपाल नेत्रज्योति संघले दुई–दुईपटक सम्म विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएका फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा निवासी अनिल भट्टराई तथा सामाजिक व्यत्तित्व बिक्रम मादेनलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा स्वर्गीय उदयकुमार श्रेष्ठका छोरा उत्सव,श्रेङचोङवाङ स्मृति प्रतिष्ठानका अध्यक्ष सुब्बा,सगरमाथा आरोही भट्टराई,जिल्ला प्याब्सनका पूर्व अध्यक्ष तथा फुङलिङ नगर शिक्षा समितिका सदस्य इन्द्रकुमार गुरुङ र नेत्रज्योति संघका आजीवन सदस्य भीमकुमार गुरुङ सहितले सहयोगी दाता महानुभावहरुप्रति आभार प्रकट गर्नु भएको छ । नेपाल नेत्रज्योति संघले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र परिसरमा स्वर्गीय हरिहर दाहाल बिश्रामलय समेत पुर्नस्थापित गर्ने भएको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका आजीवन सदस्य तथा सामाजिक व्यत्तित्व भीमप्रसाद दाहालले आफ्ना छोरा हरिहरको स्मृतिमा यसअघि बनाएको स्मृति बिश्रमालय नेत्रज्योति संघ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन प्रवलीकरणको क्रममा बिस्थापन भएपछि त्यसलाई पुर्नस्थापित गर्ने योजना नेपाल नेत्रज्योति संघले बनाएको हो ।

Similar Posts