फोनिज ताप्लेजुङको छैटौं अधिबेशन सुरु,आजै नयाँ नेतृत्व

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २४ । नयाँ नेतृत्व समेत चयन गर्नेगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ताप्लेजुङको छैटौं जिल्ला अधिबेशन सुरु भएको छ ।

फोनिजका केन्द्रीय लेखा आयोग समिति संयोजक चन्द्र पन्दाक(प्रयास)ले अधिबेशनको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा फोनिजका केन्द्रीय अनुशासन आयोग सदस्य तथा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष पुर्कुटी,प्रेस चौतारीका जिल्ला उपाध्यक्ष मदन गौतम,प्रेस सेन्टरका जिल्ला अध्यक्ष जीवन कालिकोटे सहितले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले सञ्चारकर्मीहरुको क्रियाशिलताले व्यवसायिक दक्षता पाउने भएकोले यसमा ध्यान दिएर अघि बढ्न सल्लाह दिनु भएको थियो । पत्रकारको पेशागत विकास र व्यवसायिक दक्षताका लागि क्रियाशिलता संगै सामूहिक एकतामा समेत जोड दिईएको थियो । फोनिजका जिल्ला उपाध्यक्ष तेञ्जिङ पाङ्कर्मा शेर्पाले स्वागत मन्तव्य व्यक्त गरेको अधिबेशनको उद्घाटन कार्यक्रम फोनिजका जिल्ला अध्यक्ष दिनेश लिङखिमको अध्यक्षतामा सम्पन्न भएको थियो । अहिले बन्दसत्र जारी रहेको बुधबारै नयाँ नेतृत्व भइसक्ने फोनिज ताप्लेजुङले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts