हाजिरी जवाफ र कविता प्रतियोगिता सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २३ । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा कर्मचारी मिलन केन्द्रको टिम पहिलो भएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली दोस्रो हुँदा दुर्गादल गुल्मको टोली तृतीय तथा सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरको टोली सान्त्वना भएको छ ।

सोहि अवसरमा आयोजित अन्तर मावि कविता प्रतियोगितामा बासु मावि मेदिबुङका गस्तिहाङ पालुङ्वा पहिलो,भानुजन माविकी स्मृति राई दोस्रो तथा जनता मावि हाङदेवाका शिला राई तेस्रो हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts