नेत्रज्योति संघ ताप्लेजुङको बार्षिक साधारणसभा सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २३ । आर्थिक र सांगठनिक सहितका तीन प्रतिबेदन पारित गर्दै नेपाल नेत्रज्योति संघ ताप्लेजुङको बार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ ।
सभाले सभापति राजकुमार गुरुङद्धारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष निरोज श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन पारित गरेको छ । यस्तै नेपाल नेत्रज्योति संघ ताप्लेजुङले सञ्चालन गर्न लागेको बृहत्त अक्षयकोषका लागि प्रस्तावित अक्षयकोष स्थापना तथा सञ्चालन नियमावली २०८१ समेत पारित भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
शाखाका सचिव युवराज गिरीका अनुसार नियमावलीका लागि नेपाल नेत्रज्योति संघ ताप्लेजुङले शाखाका सदस्य देवराज गुरुङको संयोजकत्वमा सहसचिव कुमार श्रेष्ठ र कोषाध्यक्ष निरोज श्रेष्ठ रहेको नियमावली मस्यौदा समिति बनेको थियो । सोहि मस्यौदा साधारणसभामा पेश भई पारित भएसंगै अब कार्यान्वयनमा लैजाने शाखा सभापति गुरुङले जानकारी दिनुभयो ।
साधारणसभाको अवसर पारेर नेत्रज्योति संघ ताप्लेजुङका जेष्ठ आजीवन सदस्यद्धय टामन सिग्देल र कृष्णकुमार शाक्यलाई दोसल्लाका साथ सम्मानपत्र प्रदान गरिएको थियो । सभाकोे उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले नेत्रज्योति संघ ताप्लेजुङको क्रियाशिलताको प्रशंसा गर्नुभयो । कार्यक्रमका बिशिष्ट अथिति फुङलिङ नगरप्रमुख अमिर मादेनले आँखा स्वास्थ्यको क्षेत्रमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले पु¥याएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा नेत्रज्योति संघका कोशी प्रदेश समिति सदस्य सुरेश सिंघक,नेत्रज्योति संघ ताप्लेजुङका पूर्व सभापति रणबहादुर कार्की,फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज),पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समितिका अध्यक्ष सुन्दरमोहन शाक्य,सम्मानित व्यत्तित्व सिग्देल,स्वर्गीय बिनोद श्रेङचोङवाङ स्मृति प्रतिष्ठानका अध्यक्ष तिलप्रसाद सुब्बा सहितले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।