प्रहरीले नागरिकमा सुरक्षाको पूर्ण प्रत्याभूत हुनेगरी काम गर्नुपर्छ : एआईजी गुरुङ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १५ । प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) बुद्धिराज गुरुङले नागरिकमा सुरक्षाको पूर्ण प्रत्याभूत हुनेगरी काम गर्न ताप्लेजुङका प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ ।

एआईजी गुरुङले इमान्दार र व्यवसायिक क्षमतामा आधारित कार्यसम्पादनले मात्र संगठनको लक्ष्य हासिल हुन भएकोले बद्लिदो परिस्थिति अनुसार नागरिकको जीउधनको सुरक्षामा प्रहरी कर्मचारीले इमान्दार र निष्ठापूर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । आफ्नो गृह जिल्लाको भ्रमण तथा यहाँका प्रहरी कर्मचारीसंगको साक्षात्कारका क्रममा गुरुङले कानुनको अधिनमा रही उच्च मनोबलका साथ त्रुटिरहित तवरले कार्य गर्न समेत निर्देशन दिनु भएको छ । प्रहरी संगठनलाई प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख समेत रहनु भएका गुरुङले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण तथा मातहत प्रहरी कर्मचारीहरूसँग अन्तरकृया समेत गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङद्धारा प्रवाह भइरहेको सेवाप्रति सन्तुष्टी व्यक्त गर्दै समयको गतिसंगै सेवा प्रवाहलाई थप गतिशिल बनाउन एआईजी गुरुङबाट निर्देशन प्राप्त भएको जिल्ला प्रहरी प्रमुख(डिएसपी) रवि रावलले जानकारी दिनुभयो । गृह जिल्लामा आयोजित तमू ल्होसार कार्यक्रम आयोजक संस्थाहरुले गुरुङलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts