कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा खड्का
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १३ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको १३ औं साधारणसभाले ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
मिलन केन्द्रको उपाध्यक्षमा कोष नियन्त्रक गणेशकुमार पोखरेल,सचिवमा नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठ,सहसचिवमा जलस्रोत तथा सिचाँई डिभिजन कार्यालय ताप्लेजुङका प्रमुख बिशाल पोख्रेल र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयमा निमित्त प्रमुख नवराज गिरी रहनु भएको छ ।
मिलन केन्द्रका सदस्यहरुमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख योगेश्वर भट्टराई,नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बसुन्धरा आचार्य,निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेल, फुङलिङ नगरपालिकाको लेखा शाखा प्रमुख दिनेश भण्डारी, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रमेश अधिकारी,पाथीभरा याङवरक गाउँपालिकाका लेखा शाखा प्रमुख गोपाल भट्टराई रहनु भएको छ । केहि सदस्य मनोनित गरी कार्य समितिलाई पूर्णता दिने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
यसअघि मिलन केन्द्र ताप्लेजुङको १३ औं साधारणसभाको उद्घाटन गर्दै मिलन केन्द्रका प्रमुख संरक्षक तथा जिल्ला न्यायाधीस विकास श्रेष्ठले कर्मचारीको हकहितका लागि मिलन केन्द्र सक्रिय ढंगले लाग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रका संरक्षक नेत्रप्रसाद पौडेल शर्मा पौडेलले कर्मचारीहरुको पेशागत वृत्तिविकास तथा हकहित संरक्षणका सवालका मिलन केन्द्र प्रभावकारी रुपमा प्रस्तुत हुने बिचार व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा मिलन केन्द्रका सल्लाहकार तथा दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी)रवि रावल,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)नरेश मर्हजन,डिभिजन वन प्रमुख नथुनीप्रसाद यादव गोहिवारको उपस्थिति रहेको थियो ।
साधारणसभामा फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरुङ,मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम,मैवाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु थापा,सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास बिक, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,महासंघका जिल्ला उपाध्यक्ष सन्तोष पुर्कुटी,रेडियो कावेलीका स्टेशन म्यानेजर एनिला दियाली,मिलन केन्द्रका पूर्व अध्यक्ष रामचन्द्र नेपाल,पूर्व सचिव मात्रिकाप्रसाद नेपाल सहितको उपस्थिति रहेको थियो ।