पाथीभरा याङ्वरकमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी तालिम सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १२ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी तीनदिने क्षमता विकास तालिम शुक्रवारबाट सुरु भएको छ ।
पालिका अध्यक्ष केशरकुमार सुब्बाले तालिमको उद्घाटन गर्दै व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाको सम्बेदनशिलताका बिषयमा प्रष्ट्याउनु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेले जानकारी दिनुयो । १४ गते सम्म चल्ने तालिममा पालिकाका ६ वटै वडाका वडासचिव र सहायक कर्मचारीहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
जन्म,मृत्यु,बिबाह,बसाँई–सराई र सम्वन्ध बिच्छेद सहितका घटना दर्तालाई समष्टीगत रुपमा व्यक्तिगत घटना दर्ता भनिन्छ । घटना दर्ता ऐन २०३३ अनुसार नेपालमा व्यक्तिगत घटना दर्ता २०३४ साल बैशाख १ गतेबाट १० जिल्लामा सुरु भई २०४७ सालदेखि देशब्यापी बिस्तार भएको हो ।
व्यक्तिगत घटना दर्ता गर्ने प्रणालीले नागरिकका यस्ता घटना राज्यबाट प्रमाणित हुन्छन् भने नागरिकका हक अधिकार सुनिश्चित गर्न समेत यसले मद्यत पु¥याउँछ । अहिले व्यक्तिगत घटना दर्ता स्थानीय तहका वडा कार्यालयमार्फत हुँदै आएको छ ।
सामान्यतया समाजका सदस्यहरुको आयश्रोत बन्द या कमी हँुदा,विरामी पर्दा,कामका बखत,घाईते,बेरोजगार,गर्भावस्था,बृद्धा अवस्थामा विभिन्न सामाजिक नीतिहरुमार्फत समाजका ती सदस्य वा उसको परिवारलाई सहयोग पु¥याउने नीतिलाई सामाजिक सुरक्षा भनिन्छ ।