कृषि कार्यक्रममा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आठराई त्रिबेणी

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले कृषक समूह,समिति,सहकारी संस्था वा कृषि फर्महरुलाई कृषि कार्यक्रम सञ्चालनका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाराज खड्काका अनुसार कृषक समूह,समिति,सहकारी संस्था वा कृषि फर्महरुले अनुदान माग गरिएको कार्यक्रमबारेको निर्णय सहित पालिकाको कृषि शाखामा प्रस्तावना पेश गर्नुपर्ने हुन्छ ।

पालिका भित्र दर्ता र नविकरण भएका समूह,संस्था वा फर्मलाई पालिकाले अनुदानमा प्राथमिकता दिने भएको छ ।

प्रस्तावना पेश गर्ने समूह,संस्था वा फर्महरुले दर्ता तथा नविकरणको प्रमाणपत्र,सम्वन्धित वडाको सिफारिस तथा आर्थिक बर्ष २०८०।८१ को कर चुक्ता भएको कागज समेत पेश गर्नुपर्ने हुन्छ ।

Similar Posts