शैक्षिक सुधारमा रणनीतिक योजना बनाउँदै मिक्वाखोला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले शैक्षिक सुधारको अभियान स्वरुप पालिका भित्र रहेका बिद्यालयहरुको संयुक्त बैठक सञ्चालन गरेको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकले सार्वजनिक शिक्षा सुधारका समस्याको पहिचान गरी समाधानका उपाय केन्द्रित निश्कर्ष निकाल्ने पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

बैठकमा प्रत्येक बिद्यालयका प्रधानाध्यापकहरुले आफ्नो बिद्यालयको शैक्षिक अवस्था र समस्या राख्ने छन् । समस्याहरुको समाधानका रणनीति समेत तय गर्नेगरी बैठक आयोजना भएको गाउँपालिकाले जनाएको छ ।

बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल गौतम,मिक्वाखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष झरेन्द्रप्रसाद थापा,शिक्षा शाखाका प्रमुख केशवशरण अधिकारी सहितको सहभागिता रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts