महिला संघ ताप्लेजुङमा देखिएको बिबाद समाधान,बन्यो एकीकृत समिति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ९ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको ताप्लेजुङमा कायम रहेका समानान्तर दुई समितिको बिबाद समाधान गरी एकीकृत समिति बनाईएको छ ।

यसअघि गीता चौहान र मात्रिकादेवी प्रसाँई अध्यक्ष रहेको दुई समानान्तर समिति बनेका थिए । उक्त बिबाद समाधान गरी चौहानको अध्यक्ष रहेको समिति बनाई प्रसाँईलाई उपाध्यक्षको जिम्मेवारी दिईएको छ । नेपाल महिला संघ ताप्लेजुङमा देखिएको समस्या समाधानका लागि पार्टी सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामको संयोजकत्वमा कार्यदल बनाईएको थियो ।

कार्यदलको अग्रसरता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सयदिने अभियानका लागि ताप्लेजुङ संयोजक सरस्वती बजिमय,जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,प्रतिनिधिसभा सदस्य तथा पूर्व जिल्ला सभापति लिलादेवी बोखिम तथा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की सहितको मध्यस्थतामा महिला संघमा देखिएको समस्या समाधान गरी एकीकृत गरिएको नेताहरुले बताएका छन् ।

सहमति अनुसार महिला संघको जिल्ला उपाध्यक्षमा प्रसाँई सहित संगिता राई र कृष्टी लङ्वा,सचिवद्धयमा अञ्जना कडरिया र हिमकला गुरुङ,सहसचिवद्धयमा तबिता लिङदेन र सामना पौडेल तथा कोषाध्यक्षमा संगिता रेग्मीले जिम्मेवारी पाउनु भएको छ । जिल्ला सदस्यको हकमा तत्कालिन अवस्थामा चौहान र प्रसाँईले नेतृत्व गरेको समितिका रहेकामध्ये नेपाली काँग्रेसको जिल्ला कार्य समितिमा रहेका सदस्यहरुको नाम हटाई बाँकी सदस्यको नाम कार्य समितिमा हुबहु समावेश गर्ने सहमति समेत भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts