पाथीभरा याङ्वरकद्धारा आलु पकेट क्षेत्रका किसानलाई सिचाँईका लागि पाइप बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ८ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउपालिकाले आलु पकेट क्षेत्रका किसानहरुलाई सिचाँईका लागि ४ हजार मिटर पाइप उपलब्ध गराएको छ ।
आलुको बीउ समेत अनुदानमा उपलब्ध गराएको पालिकाले आलु खेतिमा सिचाँईका लागि ३२ एमएमको ४ हजार मिटर पाइप उपलब्ध गराएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । पालिका अध्यक्ष सुब्बा,उपाध्यक्ष रनमाया गुरुङ,पाथीभरा याङवरक गाउँपालिका वडा नं २ का वडाध्यक्ष बलुराम मेन्याङ्वोको उपस्थितिमा आलु पकेट क्षेत्रका किसानलाई पाइप उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।
कृषि उत्पादन बढोत्तरी तथा अर्गानिक उत्पादनललाई प्राथमिकता दिँदै किसानलाई व्यवसायमुखी बनाउन पाथीभरा याङवरक गाउँपालिकाले पछिल्लो समय कृषि क्षेत्रमा लगानी समेत बढाउँदै लगेको छ । व्यवसायमुखी उत्पादनमा सक्रिय किसानलाई गाउँपालिकाले पुरस्कृत तथा सम्मान समेत गर्दै आइरहेको छ ।