फक्ताङलुङ गाउँपालिकामा पुस १२ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा परिचयपत्र बितरण शिविर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पुस १२ गते देखि अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा परिचयपत्र बितरण शिविर गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार १२ गते पालिकाको वडा नं ५ तापेथोकस्थित वडा कार्यालयबाट शिविर सुरु हुने छ । १३ गते वडा नं ६ लेलेपस्थित वडा कार्यालयमा,१४ गते वडा नं ४ इखाबुस्थित वडा कार्यालयमा,१५ गते वडा नं ३ लिङखिमस्थित वडा कार्यालयमा,१६ गते वडा नं १ सावादिनस्थित वडा कार्यालयमा र १७ गते वडा नं २ खेजेनिमस्थित वडा कार्यालयमा शिविर आयोजना हुने गाउँपालिकाले जनाएको छ ।

१२ गते देखि सञ्चालन हुने अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा परिचयपत्र बितरण शिविरको कार्यक्रमको सूचीमा वडा नं ७ ओलाङचुङगोलाई भने समेटिएको छैन । केहिपछि त्यहाँ कार्यक्रम सञ्चालन हुने पालिकाले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts