पुराना दलहरुबाट देश नबन्ने राश्वपा नेतृ कार्कीको भनाई

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २९ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डाक्टर तोसिमा कार्कीले पुराना दलहरुबाट देश नबन्ने दावी गर्दै जनताको आसा र भरोसा आफ्नो पार्टीले पूरा गर्ने बताउनु भएको छ ।

राश्वपा ताप्लेजुङको पहिलो जिल्ला भेलालाई शनिवार फुङलिङमा सम्बोधन गर्दै कार्कीले पुराना भनिएका दलहरु भ्रष्ट,ठग र दलाल दलदलमा परेको आरोप लगाउनुभयो । पुराना दलहरुबाट देशको विकास र समृद्धिको अपेक्षा पूरा नहुने भएकोले राश्वपाप्रति जनताहरुको आसा स्थापित भएको उहाँको भनाई थियो । उहाँले जनताको आफ्नो पार्टीप्रतिको भरोसा झन् ब्यापक बन्दै गइरहेको बताउँदै समाजले खोजेको फरकपन दिन राश्वपामात्रै देशको वैकल्पिक शक्ति रहेको दावी गर्नुभयो ।

गाली गरेर होइन,कामले ताली पाउने कार्य आफुहरुले गर्दै आएको दावी गर्दै कार्कीले पुराना दलहरुप्रति जनताको विश्वास गुमी सकेको बताउनुभयो । पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधिएको दुखेसो समेत उहाँको थियो । जनताको आसा पूरा गर्ने वैकल्पिक शक्तिको रुपमा स्थापनाको २ बर्षकै अवधिमा राश्वपाप्रति जनताको बढ्दो भरोसालाई पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाँई,कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाका साथ कार्की ताप्लेजुङको भेलालाई सम्बोधन गर्न आउनु भएको हो । केन्द्र र ताप्लेजुङको पार्टीको कामकारवाहीको संयोजन गर्ने जिम्मेवारी कार्कीसंग रहेको छ । भेलाले ताप्लेजुङमा नेताहरुको जिम्मेवारी प्रदान गर्ने तयारी गरिएको राश्वपाका जिल्ला संयोजक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसअघि राश्वपाले फुङलिङ बजारमा प्रर्दशन समेत गरेको थियो ।

Similar Posts