मरिक एफसी सुनसरी सिरिजङ्गा गोल्डकपको सेमीफाइनलमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २५ । मरिक फुटबल क्लव सुनसरी ताप्लेजुङको तेल्लोकमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाईनलमा पुगेको छ ।
भारतको पारिजात संघ फुटबल क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै मरिक फुटबल क्लव सेमीफाईनल पुगेको छ । खेलको सुरुआती अग्रता भने पारिजात संघ फुटबल क्लवले लिएको थियो । पारिजातका भीम प्रधानले गोल गर्दै बनाएको अग्रता मरिकका लागि निश्चल लामाले गोल गर्दै बराबरीमा ल्याए । मरिकका लागि सबिन घिमिरेले दोस्रो गोल गर्दै टिमलाई २–१ अग्रतामा ल्याए । खेलको अन्त्यतिर निश्चल लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को स्थितिमा पु¥याए लगत्तै पारिजातका सदनले टिमका लागि दोस्रो गोल गर्दा खेल भने मरिकले ३–२ जित्यो । अब मरिकले आयोजक तेल्लोक स्पोर्टिङ क्लवसंग फाइनल यात्राका लागि भिडन्त गर्ने छ ।
यसअघि आयोजक तेल्लोक स्पोर्टिङ क्लव र उदयपुरको बद्ररहुड फुटबल क्लव क्वाटर फाइनल खेल जित्दै सेमीफाइनल पुगिसकेका छन् । २९ गते सकिने प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको ट्रफी,मेडल र प्रमाणपत्र पाउँदा उपबिजेताले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । बुधवार पाँचथर वाईवाई फुटबल क्लव पाँचथरले मोरङको सिरिजङ्गा फुटबल क्लवसंग अन्तिम क्वाटर फाइनल खेल खेल्ने छ ।