सिरिजङ्गा गाउँपालिकाले पुस १ गतेबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य शिविर सुरु गर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पुस १ गते देखि अपाङ्गता भएका व्यक्तिहरुको प्रारम्भिक जाँच तथा आवश्यकता पहिचान शिविर सञ्चालन गर्ने भएको छ ।
पुस १ गते वडा नं ७ खेवाङस्थित गणेश माविबाट शिविर सुरु हुने सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार पुस २ गते वडा नं ८ को याम्फुदिनस्थित कञ्चनजंघा माविमा,३ गते वडा नं १ को सिनाम माविमा र ४ गते वडा नं २ को आम्बेगुदिन माविमा शिविर सञ्चालन हुने छ ।
आङदेम्बेका अनुसार यस्तै ५ गते वडा नं ६ को लक्ष्मी माविमा,६ गते वडा नं ५ पेदाङस्थित वडा कार्यालयमा,७ गते वडा नं ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा र ८ गते वडा नं ३ सिकैचास्थित सरस्वती माविमा शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको चालू आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम तथा करुणा फाउण्डेसन संगको सहकार्यमा शिविर सञ्चालन हुन लागेको हो ।