आठराई त्रिबेणीका ५ वटै वडामा अपाङ्गता पहिचान शिविर सुरु हुँदै,पहिलो दिनको शिविर निघुरादिनमा

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य परीक्षण तथा अपाङ्गता पहिचान शिविर आइतवारबाट सुरु गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताका अनुसार शिविर पालिकाको वडा नं १ निघुरादिनबाट सुरु हुने छ ।
वडा नं १ का लागि वडा कार्यालय निघुरादिनमा शिविर चल्ने छ भने वडा नं २ फुलवारीको दुर्गा माविमा मंसिर २४ गते सोमवार,वडा नं ४ चाँगेको वडा कार्यालयमा मंसिर २५ गते मंगलवार,वडा नं ५ को चाँगे माविमा मंसिर २६ गते बुधवार र वडा नं ३ का लागि हाङपाङ स्वास्थ्य चौकीमा मंसिर २७ गते बिहीबार सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।