ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाद्धारा दुई सर्बोत्कृष्ट बिद्यार्थीलाई प्राविधिक बिषय पढ्न छात्रबृत्ति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुबाट सर्बोत्कृष्ट नतिजा ल्याउने दुईजना बिद्यार्थीलाई प्राविधिक बिषयमा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्न छात्रबृत्ति प्रदान गरेको छ ।

सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनस्थित कञ्चनजंघा मावि र वडा नं ४ तेल्लोकस्थित तेल्लोक माविबाट एसईई परीक्षामा सर्बोत्कृष्ट हुने क्रमशःरोहित गुरुङ र अनिसा लिम्बूले पालिकाको छात्रबृत्ति पाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार दुबैजनालाई तीनबर्षे प्राविधिक शिक्षा अध्ययनका लागि पालिकाले छात्रबृत्ति दिएको हो ।

प्राविधिक बिषयमा छात्रबृत्ति पाउनेमध्ये गुरुङ सामान्य चिकित्सा र लिम्बूले वन विज्ञान संकायमा अध्ययन गर्दै आएका हुन् । सिरिजङ्गा गाउँपालिकाले पालिकाको छात्रबृत्ति सम्वन्धी ऐन(शंसोधन सहित)२०७८ को परिच्छेद ६ को दफा(९)अनुसारको व्यवस्था कार्यान्वयन गर्न चालू आर्थिक बर्ष २०८१।८२ को बजेटमा उक्त छात्रवृत्तिका लागि रकम बिनियोजन गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts