ताप्लेजुङमा पुस मसान्त सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सक्नुपर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १८ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले आउँदो पुस मसान्त भित्रमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिसक्न यहाँका सबै स्थानीय तहहरुलाई अनुरोध पत्र पठाएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावोले १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व तयारीका लागि सञ्चालन हुने पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस मसान्त भित्रमा सक्नुपर्ने जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिकाले निर्देशित गरे अनुसारको खेल बिधाहरुको प्रतियोगिता सम्पन्न गरी सम्पन्न भएको ७ दिन भित्र सम्पूर्ण प्रतिबेदन जिल्ला खेलकुद विकास समितिमा पठाइदिन समेत पालिकाहरुलाई अनुरोध गरेको छ ।

एक नगरपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भने पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिसकेको छ । मैवाखोलाले वडा नं २ मा रहेको मैवाखोला माविको नवनिर्मित खेल मैदानमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको छ । मैवाखोला माविका पूर्व बिद्यार्थीहरुबाट संकलित रकमबाट खेल मैदानका लागि आवश्यक जग्गा खरिद भएपछि गाउँपालिकाले खेल मैदान निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts