लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान: थेचम्बुमा जातिय भेदभाव र छुवाछूत सम्वन्धी नागरिक सचेतना कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १७ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहँदा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाको केन्द्र थेचम्बुमा जातिय भेदभाव र छुवाछूत सम्बन्धि नागरिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल वार एसोसिएसन ताप्लेजुङ जिल्ला अदालत वार इकाईसंगको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका स्वकीय सचिव तेजविर मेन्याङ्वोले जानकारी दिनुभयो ।
पालिका अध्यक्ष सुब्बाले उक्त सचेतना कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा नेपाल वार एसोसिएसन ताप्लेजुङ जिल्ला अदालत वार इकाई अध्यक्ष बलराम भट्टराई र अधिवक्ता सन्तोष प्रसाँईले सहजीकरण गर्नु भएको थियो ।