चालू आवको कात्तिक मसान्त सम्ममा ताप्लेजुङबाट १६ जनाले पाए नाबालक परिचयपत्र

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १० । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालू आर्थिक बर्षको कात्तिक मसान्त सम्ममा १६ जनालाई नाबालक परिचयपत्र बितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार कात्तिक महिनामा मात्र ८ जनालाई नाबालक परिचयपत्र बितरण गरिएको छ । सो भन्दा अघि साउन देखि असोज मसान्त सम्ममा ८ जनालाई नाबालक परिचयपत्र बितरण गरिएको थियो ।

नेपाल नागरिकता ऐन २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पूरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीमा रहने व्यवस्था गरेको छ ।

नागरिकता ऐन अनुसार नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्ति १६ बर्ष पुगेपश्चात् उक्त परिचयपत्र स्वतः निश्कृय हुन्छ । जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार आर्थिक बर्ष २०८०।८१ मा ८४ तथा २०७९।८० मा ७९ जनालाई नाबालक परिचयपत्र बितरण गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts