उद्योग दिवसको अवसरमा ताप्लेजुङका तीन उद्यमी पुरस्कृत
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ६ । दशौं उद्योग दिवसको अवसरमा ताप्लेजुङका तीन घरेलु तथा उद्यमी पुरस्कृत हुनु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले आइतवार एक कार्यक्रमबिच पुरस्कृत गरेको कार्यालयका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो । पुरस्कृत हुने उद्यमीहरुमा इजम बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मका प्रोपाईटर श्रीप्रसाद ईजम,सूचेउटा बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्मका प्रोपाईटर सूर्यकला बराल र तिम्बुङ पोखरी अल्लो संकलन तथा राडिपाखी उद्योगका प्रोपाईटर दीपा गुरुङ रहनु भएको छ ।
पुरस्कृत उद्यमीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले नगद तथा सम्मानपत्र प्रदान गर्नु भएको छ । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारती, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिका अध्यक्ष बिष्णु श्रेष्ठ सहित नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यम समितिका पदाधिकारी,सदस्य एवम् उद्यमीहरुको उपस्थिति रहेको थियो । हरेक बर्षको मंसिर ९ गते उद्योग दिवस मनाईदैं आएको छ ।