प्रशिक्षक नियुक्ति पछिको खेल प्रशिक्षण मापनका लागि मैवाखोलाद्धारा बिद्यालयस्तरीय प्रतियोगिता सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका बिभिन्न खेल बिधामा कायम रहेको प्रशिक्षण मापनका लागि पालिका भित्रका माध्यमिक बिद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार बुधवार र बिहीबार सञ्चालन हुनेगरी प्रशिक्षण मूल्याङ्कन प्रतियोगिता सुरु भएको हो । आधारभूत तहबाटै खेलाडीहरू उत्पादन गर्ने र विद्यार्थीहरुको शारीरिक एवम् मानसिक व्यत्तित्व विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले ५ बिधाका खेल प्रशिक्षक नियुक्त गरेको छ ।

अध्यक्ष वनेमका अनुसार गाउँपालिकाले फुटबल,भलिबल,तेक्वान्दो,कराँते र उसु बिधाका प्रशिक्षक नियुक्त गरी प्रशिक्षणका लागि पालिका भित्रका बिभिन्न बिद्यालयहरुमा पठाउने गरेको छ । सुरुमा फुटबल प्रतियोगिताको प्रशिक्षण मापन सम्पन्न गरी अरु बिधाको समेत क्रमशःप्रशिक्षण मापन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रशिक्षण मापन पछि बिद्यार्थीहरुमा विकास भएको खेलप्रतिभाको पहिचान तथा थप प्रगतिका लागि केन्द्रित गर्नुपर्ने अवस्था समेतको मापन गर्ने तयारी गरेको छ ।

Similar Posts