ताप्लेजुङमा फाल्गुनन्द जन्मजयन्ती भव्यरुपमा मनाइयो
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक २५ । ताप्लेजुङमा किराँत महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती भव्यरुपमा मनाइएको छ । सदरमुकाम फुङ्लिङसहितका ठाउँमा लिङ्देनको १४० औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइएको हो ।
नेपालका १६ औं राष्ट्रिय विभूतिसमेत रहनुभएका लिङ्देनको जन्मजयन्ती किराँत धर्मावलम्बीहरुले विविध कार्यक्रम गरी मनाएका हुन् । किराँत धर्मसम्वद्ध संस्थाहरुको अगुवाइमा आयोजित ¥यालीले सदरमुकाम फुङ्लिङ बजार परिक्रमा गरी बिहीबारेस्थित किराँत माङ्हिम (मन्दिर) मा पुगेर अन्य कार्यक्रम गरिएको थियो । माङ्हिममा पूजा आरधना, केःलाङ (च्याब्रुङ नाच) लगायतका गतिविधि गरिएको थियो ।
सदरमुकाम बाहिर आठराई त्रिबेणी गाउँपालिकाको फुलबारी, सिरिजङ्घा गाउँपालिका, सिदिङ्वा गाउँपालिकाको साब्लाखु लगायतका किराँत माङ्हिम तथा फाल्गुनन्दको प्रतिमा (सालिक) रहेका ठाउँमा जन्मजयन्ती विशेष कार्यक्रम गरिएका थिए । महागुरु लिङ्देनले किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान पु¥याएको बताइन्छ । उहाँले समाज सुधारका लागि नीति निर्माण गरी जसलाई ‘सत्य धर्म मुचुल्का’ का रुपमा १९८८ साल बैशाख २४ गते जारी गरिएको बताइन्छ ।
किराँत समाज सुधारमा पु¥याएको योगदानको कदर गर्दै सरकारले २०६६ मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । वि.सं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाममा फाल्गुनन्दको जन्म भएको थियो । लिङ्देनको २००५ सालमा निधन भएको थियो ।