फुङलिङ र थर्पुमा निःशुल्क आँखा शिविर हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १४ । ताप्लेजुङको फुङलिङ र पाँचथरको थर्पुमा शल्यकृया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य समन्वय तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन हुने भएको हो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्रांगणमा कात्तिक २६ देखि २८ गते सम्म शल्यकृया सहितको तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने छ । यस्तै कात्तिक ३० र मंसिर १ गते गरी दुईदिन पाँचथरको याङवरक गाउँपालिकास्थित याङवरक आँखा उपचार केन्द्र थर्पुमा शल्यकृया सहितको तीनदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने तय भएको समेत अधिकारीले जानकारी दिनुभयो ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजार र पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा समेत आँखा शिविर सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । दोभान र यासोकमा हुने शल्यकृया सहितको आँखा शिविरको भने मिति तय भईनसकेको नेपाल नेत्रज्योति संघले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङको मुख्य व्यवस्थापन तथा सम्वन्धित स्थानीय तहको आर्थिक साझेदारीमा पाँचथरमा थर्पु र यासोकमा तथा ताप्लेजुङको दोभान बजारमा आँखा उपचार केन्द्र समेत सञ्चालन छन् । फुङलिङमा रहेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र भने नेत्रज्योति संघ ताप्लेजुङ आफैंले सञ्चालन गरेको आँखा उपचार केन्द्र हो ।

सेवा फाउण्डेसन काठमाडौं समेत आयोजक हुने छ । शिविरको सेवामार्फत चश्मा बितरण गर्दा न्यूनतम् शुल्क लाग्ने भएको छ भने ४० बर्ष नाघेका बिरामीलाई पढ्नका लागि प्रयोगमा आउने चश्मा आवश्यक भए उक्त चश्मा भने निःशुल्क दिइने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts