बालिकालाई जबरजस्ति करणी गरी गर्भवति बनाएको अभियोगमा पाँचथरका एक युवक पक्राउ
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १३ । १६ बर्षे वालिकालाई जबरजस्ति करणी गरी गर्भवति बनाई फरार रहेको अभियोगमा ताप्लेजुङ प्रहरीले २८ बर्षे एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्लाका राकेश हेम्बेवा लिम्बू रहेका छन् ।
पक्राउ परेका उनलाई ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १८ बमोजिम घटनाको अनुसन्धान थालिएको समेत प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका लिम्बू माथि पीडित बालिकाकी हजुरआमाले जाहेरी दिनु भएको थियो ।