बार एशोसिएसनका अध्यक्ष घिमिरे बिरुद्धको अपहेलना मुद्दा फिर्ता लिन ताप्लेजुङ बारको अपिल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ८ । नेपाल बार एशोसिएसन जिल्ला अदालत इकाई ताप्लेजुङले नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे बिरुद्ध दाहेर अपहेलना मुद्दा फिर्ता लिन अपिल गरेको छ ।

अध्यक्ष बलराम भट्टराई र सचिव ठाकुरसिं लिम्बूले विज्ञप्ति जारी गर्दै घिमिरे माथिको मुद्दा फिर्ता नलिए बिरोधका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइएको छ । बरिष्ठ अधिबक्ता समेत रहनु भएका घिमिरे माथि मुद्दा लगाउनुलाई बारले उठाएका मुद्दालाई निश्तेज पार्ने षडयन्त्रको रुपमा बुझेको बारले विज्ञप्तिमा भनेको छ ।

न्याय परिषद्को गैर संबैधानिक क्रियाकलाप बिरुद्ध अभिव्यक्त बिचार सम्मानित सर्बोच्च अदालतको अपहेलना हुनै नसक्ने बारले जिकिर गरेको छ । घिमिरेले सर्बोच्च अदालतमा संवोधन गरेको बिषयलाई लिएर सर्बोच्च अदालत प्रशासनबाट प्रतिबेदन पेश गरी अदालतको अपहेलना मुद्दा दायर गरिएको छ । यसबिरुद्ध देशभरका कानुन व्यवसायी र बार इकाईहरु आन्दोलनमा छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts