जिसस ताप्लेजुङद्धारा आठौं जिल्ला सभामार्फत दुईपालिका र १० व्यक्ति सम्मानित,सम्मानित हुनेमा सम्पादक अधिकारी पनि

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ७ । आ–आफ्नो क्षेत्रबाट बिशिष्ट योगदान गरेको भन्दै जिल्ला समन्वय ताप्लेजुङले बुधवार उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी सहित दुई स्थानीय तह र १० व्यक्तिलाई सम्मान गरेको छ ।

जिल्ला समन्वय समिति ताप्लेजुङको आठौं जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रममा उक्त सम्मान गरिएको हो । सम्मानित हुनेमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन(लिजा)मा उत्कृष्ट अंक ल्याउने मैवाखोला गाउँपालिका र वित्तीय शुसासन जोखिम मूल्याङकन(फ्रा)मा उच्च अंक ल्याउने सिरिजङ्गा गाउँपालिका सम्मानित भएका छन् । मैवाखोलाको सम्मानपत्र उपाध्यक्ष कमलकुमारी लिम्बू र सिरिजङ्गाको सम्मान पत्र उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले ग्रहण गर्नु भएको छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार आ–आफ्नो क्षेत्रबाट बिशिष्ट योगदान गरेर जिल्लालाई योगदान दिनेहरुलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहनु भएका नागरिक दैनिकमा कार्यरत अधिकारी,भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राई,लिटलबुद्ध आवासीय माविका प्रिन्सिपल युवराज गिरी,जिल्ला समन्वय समितिका असिस्टेन्ट सव–ईञ्जिनियर प्रकाश गुरुङ रहनुु भएको छ । यस्तै साहित्य क्षेत्रतर्फ उदयीमान कवि लेकाली कान्छा ‘मुक्कुम’(लक्ष्मीप्रसाद मादेन),ताप्लेजुङ जिल्ला अस्पतालका मातृ शिशु स्याहार क्षेत्रमा कार्यरत अनमी छैठौं मनकुमारी कार्की,राष्ट्रिय तथा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताका विजेता र उपबिजेता बन्ने फुङलिङकी कुमारी गुरुङ,लामो समय सम्म जनप्रतिनिधि बनेर सेवा गर्ने सताब्दियौं(१०२ बर्षिय ) व्यक्ति पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ निवासी लक्ष्मीप्रसाद पौडेल,जिल्ला अस्पतालको ड्रेसिङ फाँटमा कार्यरत चन्द्रबहादुर गुरुङ र कोशी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएकी कञ्चनजंघा आवासीय मावि फुङलिङकी अञ्जना भट्टराई सम्मानित हुनु भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई,कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा,जिसस प्रमुख लामा,उपप्रमुख लिङखिम,पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,भक्तबहादुर कार्की,प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य सहितले सम्मानित हुनेहरुलाई दोसल्ला र प्रमाण–पत्र बितरण गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts