ताप्लेजुङमा सञ्चालित दुई जलविद्युत आयोजनाका लागि झण्डै १४ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न सरकारको अनुमति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ४ । सरकारले ताप्लेजुङमा निर्माणाधिन दुई जलविद्युत आयोजना निर्माण तथा विद्युत प्रसारण लाइन बिस्तारका लागि झण्डै १४ हेक्टर राष्ट्रिय वन प्रयोग दिने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतवार सार्वजनिक गर्नु भएको हो । जस अनुसार मध्य मेवा जलविद्युत आयोजनाका लागि मिक्वाखोला गाउँपालिकामा रहेको ४.७ हेक्टर राष्ट्रिय वन प्रयोग दिइने छ । यस्तै सिवा खोला जलविद्युत आयोजना निर्माणका लागि मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा रहेको ४.०५१ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न पनि सरकारले अनुमति दिएको छ ।

यस्तै मध्य मेवा जलविद्युत आयोजनाद्धारा उत्पादित बिद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुस्थित १३२ केभिए प्रसारण लाइनमा जडान गर्ने प्रयोजनमा विद्युत प्रसारण लाइन व्यवस्थापनका क्रममा मेरिङदेन गाउँपालिकामा रहेको ५.०११७ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न समेत सरकारले अनुमति दिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts