ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा कात्तिक २६ गते देखि चारदिने दन्त शिविर हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आउँदो यही कात्तिक २६ गते देखि चारदिने दन्त तथा मुख स्वास्थ्य सम्वन्धी शिविर सञ्चालन हुने भएको छ ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ स्थित तापेथोक आधारभूत अस्पतालमा यस्तो शिविर सञ्चालन हुन लागेको हो ।

फक्ताङलुङ गाउँपालिका,हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा अनुभवी तथा दक्ष दन्त बिशेषज्ञबाट दाँत तथा मुख स्वास्थ्य सम्वन्धी शिविर सञ्चालन हुने छ ।

कात्तिक २६ देखि २९ गते सम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे सम्म शिविर सञ्चालन हुने पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts