उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत,प्रहरी निरीक्षक बस्नेत असोज महिनाको ‘उत्कृष्ट प्रहरी’घोषित

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३० । ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र अमर प्रहरी परिवारलाई सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)रवि रावलका अनुसार असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेत पुरस्कृत हुनु भएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुद्धारा सम्पादित हरेक क्रियाकलापको सूचना सम्पादनमा अब्बल मानिनु भएका प्रहरी निरीक्षक वस्नेत कार्यरत रहेको छोटो अवधिमै सूचना संप्रेक्षण तथा संकलनमा पोख्त देखिनु भएको छ ।

उता उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा प्रहरी सहायक निरीक्षक हेमनारायण यादव,प्रहरी हवल्दार वेदबहादुर श्रेष्ठ र अनु भुजेल,प्रहरी सहायक हवल्दार प्रमोद निरौला पुरस्कृत हुनु भएको छ । यस्तै प्रहरी जवान मीनाकुमारी आङदेम्बे,सपना सुनार,मुकेश चौधरी,पुष्पनारायण अधिकारी,बिशाल तामाङ तथा प्रहरी कार्यालय कर्मचारी मुक्ति केदेमलाई पुरस्कृत गरिएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा आयोजित पुरुष डवल्स ब्याड मिन्टन प्रतियोगितामा प्रथम हुने प्रहरी सहायक हवल्दार बिनोद कन्दङवा र अर्जुन राई तथा द्धितीय हुने प्रहरी वरिष्ठ हवल्दार सन्तोषकुमार तामाङ र प्रहरी जवान दीपेन्द्र राईलाई मेडल,कप र प्रमाण–पत्र बितरण गरिएको छ । यस्तै अमर प्रहरी परिवारका सदस्यद्धय रामकुमारी सुब्बा थापा तथा आइतरानी लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले कार्यालयलाई रचनात्मक सहयोग गर्ने मिक्वाखोला गाउँपालिका,पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिका वडा नं ९ लाई कदर–पत्र बितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले नागरिकको जीउधनको सुरक्षाका लागि चौबिसै घण्टा सुरक्षामा खटिने प्रहरी कर्मचारीको लगाव र मेहनेतको प्रशंसा गर्दै ६९ औं प्रहरी दिवसले प्रहरी कर्मचारीमा थप उर्जाशली बनेर काममा खट्ने प्रेरणा जागृतह होस् भन्ने शुभेच्छा प्रकट गर्नु भएको थियो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाका गुल्मपति नरेश महर्जन,सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का,प्रहरी निरीक्षकद्धय रोहितकुमार शर्मा र ओमप्रकाश पण्डित सहितको उपस्थिति रहेको थियो । यसबर्षको प्रहरी दिवसको नारा ‘साइवर सुरक्षा,आजको आवश्यकता’रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts