पौडी खेल्ने क्रममा बेपत्ता ताप्लेजुङका दुई बालबालिका मध्ये एक बालिकाको शव फेला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २८ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा हराइरहेका दुई बालबालिका मध्ये एकजनाको शव फेला परेको छ ।

असोज १८ गतेबाट हराईरहेका दुईमध्ये १२ बर्षिय आइतरानी शेर्पा मृत अवस्थामा भेटिनु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलका शेर्पाको शव आठराई त्रिवेणी गाउँपालिका वडा नं ४ ओडारे भन्ने स्थानको मैवाखोला किनारमा फेला परेको छ ।

शेर्पासंगै हराएका ११ बर्षका सन्देश बराइली भने अझै बेपत्ता हुनुहुन्छ । उहाँको खोजी भइरहेको रावलले जानकारी दिनुभयो । आइतरानी,उहाँका दाजु कुशुले शेर्पा र सन्देश मैवाखोलामा पौडी खेल्न जानु भएको थियो । सोहि क्रममा उहाँहरुलाई खोलाले बगाएको थियो । कुशुलेले पौडिएर ज्यान बचाउनु भएको थियो । (फायल फोटो)

अरुलाई पनि शेयर गरौ !

Similar Posts