सडकको अवरोध खुलेसंगै ताप्लेजुङको पाथीभरा मन्दिरमा आउने दर्शनार्थी बढ्दै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २८ । अबरुद्ध बाटो खुलेर यातायात सुचारु भएपछि ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा दर्शनार्थीको संख्या बढ्न थालेको छ ।

सोमवार मन्दिर दर्शनका लागि करिव ४ सय दर्शनार्थी मन्दिर पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । साँभ सम्म नै मन्दिरको दर्शन हुने भएकोले अबेर सम्म्मा यो संख्या अझ बढ्न सक्ने महतले बताउनुभयो । आइतवार करिव अढाइसय दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । दशैं आखिरी समयमा आएको र अबरुद्ध सडक खुलेर यातायात समेत सुरु भएकोले पाथीभरा मन्दिरमा अब दर्शनार्थी बढ्ने महतको बुझाई छ । ‘तिर्थालुहरुले माथिल्लो फेदीका होटलहरुमा सम्पर्क गरी खाने बस्ने ठाउँको खोजी गर्न थाल्नु भएको छ’मन्दिरमा दर्शनार्थी बढ्ने संकेत गर्दै उहाँले भन्नुभयो । असोज १२ गते देखि परेको अविरल बर्षापछि मेची राजमार्गका बिभिन्न स्थानमा सडक अबरुद्ध हुँदा यातायात सञ्चालन हुन सकेको थिएन । यस्तै तमोर करिडोर खण्ड समेत केहिदिन अबरुद्ध हुँदा ताप्लेजुङसम्मको सोझो यातायात सम्पक विच्छेद भएको थियो । ताप्लेजुङ–पाँचथर सडकखण्डको हेंवाखोला माथिको बेलिबिज्र बगाएपछि ताप्लेजुङ–पाँचथर आउजाउ बन्द थियो ।

उता तमोर करिडोरको नावाखोलामा पानीको सहत बढेपछि सो भन्दा यताको भागमा समत सिधा यातयात सम्पर्क हुन कठिन थियो । पाँचथरको रमिते र इलामको राजदुवाली खण्डमा समेत पहिरोले सडक नै बगाएपछि यातयात अबरुद्ध थियो । अहिले ति सबै क्षेत्रको अवरोध अस्थायी रुपमा समाधान भएको छ । पाँचथरको हेंवाखोलामा अस्थायी डाइभर्सन बनाएर हेंवाखोला माथिबाट सवारी कुद्न सक्ने अवस्था छ । उता नावाखोलामा समेत पानीको सतह घट्दा खोलाबाटै सवारी आवत–जावत सुरु भइसकेको छ । मेची राजमार्गको बिर्तामोड–इलाम–फिदिम हुँदै ताप्लेजुङ सम्म आउन कुनै समस्या छैन भने तमोर करिडोरबाट पनि यातायातमा तत्काल कुनै समस्या रहेको छैन । यो अवस्थामा अब पाथीभरा मन्दिरको दर्शनमा आउने तीर्थालु तथा भक्तजनको संख्यामा उल्लेख्य बृद्धि हुने अपेक्षा गरिएको छ । सडक अबरुद्ध हुँदा नवरात्रको समयमा भने पाथीभरा मन्दिर आउने दर्शनार्थीको संख्या ज्यादै न्यून थियो । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले अहिले ताप्लेजुङको पाथीभरा मन्दिर आउ–जाउ गर्ने सडकमा कुनै समस्या नरहेको बताउँदै तीर्थालुलाई ढुक्क भएर मन्दिरको दर्शन गरी फर्कन सक्ने वातावरण तयार भएको बताउनुभयो ।(फायल फोटो)

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts