दशैं अगावै फुटबलमय बन्दै ताप्लेजुङको आठराई त्रिबेणी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ११ । दशैं र तिहार सहितका सन्निकट चाडपर्वका बेला ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका फुटबलमय बन्ने देखिएको छ ।

वडा नं २ फुलवारी,वडा नं ३ हाङपाङ र वडा नं ४ चाँगेमा फुटबल प्रतियोगिता सञ्चालन हुन लागेका छन् । ति क्षेत्रहरुमा साँस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने छन् । फुलवारीमा असोज २० गतेबाट वडास्तरीय खुल्ला पुरुष तथा महिला फुटबल रनिङ प्रतियोगिता हुँदै छ । ओएसिस युनाइटेड क्लव फुलवारीको आयोजना तथा आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लवका अध्यक्ष डिल्ली गुरुङका अनुसार फुलवारीस्थित महभीर खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि तयारी तीव्र पारिएको छ । क्लबका सह–सचिव अनुप सेन्दाङका अनुसार पुरुषतर्फ बिजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपबिजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँका साथ रनिङ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । यस्तै महिलातर्फका बिजेता र उपबिजेताले क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने ओएसिस युनाइटेडले जनाएको छ ।

शान्ति युवा क्लव हाङपाङको आयोजनामा असोज २१ गते देखि साविक वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामामा बिजेता हुने पुरुष फुटबल टिमले नगद ४० हजार र उपबिजेता हुने टिमले नगद २५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । महिला फुटबलतर्फको बिजेता टिमले नगद १५ हजार र उपबिजेता हुने टिमले नगद ८ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ । त्यहाँ सामुहिक नृत्य प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । नृत्यतर्फ प्रथम हुनेलाइ नगद १० हजार र द्धितीय हुने टिमलाई नगद ६ हजार रुपैयाँका साथ प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

यता आँपपानी युवा क्लव चाँगेमा असोज २३ गतेबाट वडास्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका बिजेताले नगद ५० हजार र उपबिजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने क्लवले जनाएको छ । त्यहाँ चाँगे धर्ती आमा कोषको प्रायोजनमा संस्थाको संस्थागत गीत‘चाँगे धर्ती आमाको सन्तान’मा खुल्ला सामुहिक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार,द्धितीय हुनेलाई नगद २० हजार,तृतीय हुनेलाई नगद १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ सहिचत प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts