रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले मैवाखोला माविको खेल मैदान निर्माणका लागि दियो १ लाख १ हजार रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ९ । स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले बुधवार ताप्लेजुङको मैवाखोला मावि तेम्बेको खेल मैदान निर्माणार्थ १ लाख १ हजार १ सय रुपैयाँ प्रदान गरेको छ ।

विगत ५ बर्ष देखि सामाजिक सहयोग गर्दै आइरहेको प्रतिष्ठानले यसपटक सो माविको खेलमैदान निर्माणका लागि उक्त सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिनुभयो । उक्त रकम बुधवार पत्रकार सम्मेलनमार्फत घोषणा गरी मैवाखोला मावि तेम्बेको खातामा जम्मा हुने गरी बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर वनेम र प्रधानाध्यापक भक्तबहादुर लिम्बूलाई पठाइएको समेत लिङखिमले जानकारी दिनुभयो ।

प्रतिष्ठानले स्थापनाको पहिलो बर्ष २०७७ सालमा कोरोना संक्रमण बिरुद्ध अग्रभागमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको थियो । २०७८ सालमा फरक क्षमता भएका यहाँका बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको थियो भने २०७९ सालमा ताप्लेजुङमा रहेका दृष्टीविहिन सदस्यहरुलाई न्यानो कपडा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार २०८० सालमा यूवाबर्ष मावि कैंजलेमा अध्ययनरत २ सय ४० जना बिद्यार्थीहरुलाई करिव २ लाख रुपैयाँ मूल्य बराबरको शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

बिद्यालयमा खेल मैदानको निर्माण तथा बिस्तारको काम गरिरहेको मैवाखोला माविलाई यसबर्ष १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । विक्रम् सम्वत २००४ सालमा जन्मनु भएका पूर्व ब्रिटिस गोर्खा सैनिक रणबहादुरको २०५३ साल असोज ९ गते बुधवार निधन भएको थियो । २०२५ सालमा ब्रिटिस गोर्खा सैनिकमा भर्ना हुनुभएका रणबहादुर २०४० सालमा सेवा निवृत्त हुनु भएको थियो । मृत्यु पछि रणबहादुरका परिवारले उहाँको स्मृतिमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले प्रतिष्ठान खोलेर त्यसयता बर्षेनि सहयोग गर्दै आइरहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts