ताप्लेजुङमा स्वास्थ्य क्षेत्रको बार्षिक समिक्षा कार्यक्रम सुरु,समिक्षा बुधवार सकिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङमा मंगलवारबाट स्वास्थ्य क्षेत्रको बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ ।

बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय,ताप्लेजुङ जिल्ला अस्पताल,जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र र जिल्ला भरका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुको प्रगति समिक्षा हुने आयोजक स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला अस्पताल समन्वय समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले समिक्षा कार्यक्रमले ताप्लेजुङको स्वास्थ्यको अवस्था,आगामी दिनमा सरोकारवालाबाट निर्वाह गर्नुपर्ने थप भूमिका र स्वास्थ्य क्षेत्रमा सुधारका गर्नुपर्ने बिषय समेतको पहिचान हुने विश्वास लिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख पौडेलले जिल्लाको समष्टिगत स्वास्थ्य अवस्थाको विश्लेषण तथा मासिक तथा बार्षिक प्रतिबेदन र प्रबिष्टीमा भइरहेको समस्या तथा सुधारका क्षेत्र समेतको चर्चा गर्नु भएको थियो । कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगर,जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गम्भिर झा समेतले आ–आफ्नो निकायको बार्षिक प्रगति प्रतिबेदनको समिक्षा गर्नहुने छ ।

पालिका स्वास्थ्य शाखाकोहरुकोतर्फबाट क्रमशःफुङलिङ नगरपालिकाको मञ्जु गुरुङ,मौसम खवास,मिक्वाखोला गाउँपालिकाको ललितनारायण यादव,सिरिजङ्गा गाउँपालिकाको सञ्जिव सिंह,आठराई त्रिबेणी गाउँपालिकाको समिर प्रधानले प्रस्तुती गर्नहुने छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको देवेन्द्र लिम्बू,मैवाखोला गाउँपालिकाको फुर्वा शेर्पा,फक्ताङलुङ गाउँपालिकाको प्रेमकुमारी लिम्बू र मेरिङदेन गाउँपालिकाको बिशाल ओखाब्रुले प्रस्तुती गर्ने कार्यक्रम छ ।

सिदिङ्वा गाउँपालिकाका प्रतिनिधि आएपछि सो पालिकाको समेत प्रस्तुती रहने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लागत बार्षिक समिक्षाका क्रममा पृष्ठपोषण सहित प्राप्त भएका नतिजा प्रदेश स्तरीय समिक्षाका क्रममा प्रस्तुत हुने भएको छ । कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका तथ्याङ्क अधिकृत मुकुन्द दाहाल,स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत भावना दुलाल तथा तथ्याङ्क सुपरभाइजर सूर्यमान बिष्टले बार्षिक समिक्षाका बिषयको टिपोट र आगामी दिनमा गरिने नियमित प्रतिबेदन तयारीका बिभिन्न आयमबारे प्रष्ट्याउनु हुने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts