मैवाखोला गाउँपालिकामा बन्यो पालिका स्तरीय बाल क्लव

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पालिका स्तरीय बाल क्लव गठन भएको छ । सोमवार भएको भेलाले नारायणी मावि साँघुमा अध्ययनरत सञ्जु राई अध्यक्ष रहेको बाल क्लव गठन गरेको हो ।

क्लवको उपाध्यक्षद्धयमा पार्टीडाँडा मावि फाकुम्बाका सरी लिम्बू तथा गंगा आधारभूत बिद्यालय ताम्राङका सृष्टी शेर्पा रहनु भएको छ । सचिवमा मैवाखाला माविका सारस तामाङ,सह–सचिवमा महेन्द्र मावि फाकुम्बाका युजिन लिम्बू र कोषध्यक्षमा जनकल्याण मावि ढुङ्गेसाँघुका सन्ध्या लिम्बू रहनु भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमको उपस्थितिमा मैवाखोला गाउँपालिका स्तरीय बाल क्लव गठन भएको हो ।

क्लवका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई अध्यक्ष वनेमले बधाइ दिँदै क्लवमार्फत बाल अधिकारको संरक्षण तथा बालबालिकालाई सामाजिक जागरणतर्फको अभियानमा केन्द्रित गर्ने प्रयासमा सफलता मिलोस् भन्ने शुभकामना दिनु भएको छ । पालिकाले बालबालिकाका उपयुक्त आवश्यकताहरुको पहिचान तथा सम्बोधनका लागि गठित बाल क्लवसंग उचित परार्मश तथा सहकार्य समेत गर्ने भएको छ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा भने अघिल्लो बर्ष नै पालिका स्तरीय वाल क्लव गठन भईसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts