अनुमति बेगर नदीजन्य पदार्थ उत्खनन् गरे पाथीभरा याङवरकले पहिलोपटक नै १५ हजार रुपैयाँ जरीवाना गर्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले अनुमति बेगर पालिका भित्रको नदीजन्य पदार्थ उत्खनन् गरे पहिलोपटक नै कम्तिमा १५ हजार रुपैयाँ जरीवाना गर्ने भएको छ ।

अनुमति बेगर पालिका भित्रको नदीजन्य पदार्थ उत्खनन् गरेमा सो कार्यमा प्रयोग हुने उपकरण समेत जफत गर्ने पालिकाले बताएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार अनुमति बेगर पालिका भित्रको नदीजन्य पदार्थ उत्खनन् गर्ने व्यक्तिलाई पहिलोपटक १५ हजार रुपैयाँ तथा उक्त कार्य दोहोरिएमा दोब्बर जरीवाना तिराइने भएको छ ।

पालिकाले अनुमति बेगर पालिका क्षेत्रत्रिको नदीजन्य पदार्थ(ढुङ्गा,गिटी र बालुवा)उत्खनन् नगर्न नगराउन सचेत समेत गराएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची–११ को नम्बर ८ मा अनुमति बेगर पालिका भित्रको नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने व्यवस्था रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts