ताप्लेजुङमा अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा सुरु,एक विदेशी सहित ५१ जना दौडमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुुङ,असोज ५ । रेडपाण्डालाई खेलकुदसंग जोड्ने उद्देश्यसहित ताप्लेजुङमा शनिवार अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा सुरु भएको छ ।

विश्व रेडपाण्डा संरक्षण दिवस(२१ सेक्टेम्बर)को अवसर पारेर आयोजित म्याराथनमा ५१ जना सहभागी छन् । म्याराथनमा सहभागिताका लागि एक बिदेशी सहित आबेदन भने ५६ जना दिएका थिए । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार म्याराथनमा दक्षिण कोरियाका एक विदेशी नागरिक पनि सहभागी छन् । रेडपाण्डा नेटवर्कका कन्ट्री म्यानेजर आङफुरी शेर्पाले खेलकुदलाई रेडपाण्डासंग जोड्नका लागि नेपालमै पहिलो पटक अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा आयोजना गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,नगर उपप्रमुख भीमादेवी ओझा,ताप्लेजुुङका निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई सहितको उपस्थितिमा म्याराथन शुभारम्भ गरिएको छ । फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी कूल ४८ किलोमिटर दुरी तय भएको छ ।

पुरुष तथा महिला म्याराथनका धावकलाई एकैपटक र एकै समयमा दौडाईने छ । म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका बिजेता घोषित गरी नगद १ लाख रुपैयाँ पुरस्कार दिईने छ भने सर्बोत्कृष्ट धावक बाहेक पुरुष र महिलातर्फका प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशःजनही ५०,३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै ताप्लेजुङ,पाँचथर र इलामका सहभागीमध्ये पहिलो,दोस्रो र तेस्रो हुनेले जनही क्रमशः१५,१० र ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts